Posts

Showing posts from November, 2023

आफु भलो त जगत भलो

Image
  मन्दिर जाँदा धर्म हुन्छ भन्ने कुरामा   मलाई विश्वास छैन   ।मैले   बुझेको कुरा   म सच्चा छु   ,मेरो मन सफा छ   र मैले सक्ने सहयोग गरिरहेको छु जसलाई आवश्यकता छ । हैन   भनेसी मैले जानेर   कुनै पाप गरेको छैन कुनै अपराध गरेको छैन   भन्देखि   म मन्दिर गइराख्नु पर्दैन । त्यो भगवानले मलाई मन्दिर बोलाउदैन क्या !!! त्यो भगवान मै संग हुन्छ ।त्यो भगवानले मलाइ आर्शिरवाद दिइराखेको हुन्छ ।किन भन्देखि   जब मनमा इमानदारिता र सच्चा पन आयो भने   त्यो मान्छे    कहि गइराख्नुपर्दैन । त्यो जहाँ बस्छ   जहाँ हुन्छ   त्यही नै इश्वरको बास हुन्छ   भगवानको बास हुन्छ । म मन्दिर बढि नजानुको कारण त्यो हो क्या ।   म खासै मन्दिर जान्न ।मलाई कति बेला भन्नुहुन्छ   नुहाएर रै जानुपर्ने   अथवा भनौ भोको पेटमा जानुपर्ने   यो कुरा पनि म मान्दिन । किन   मान्दिन मन्दा जब   नुहाउदा खेरी गारो महसुस   भैराको छ भने   त्यो भगवानको दर्शन गर्न   जाँदाखेरि के आर्शिरबाद पाइयो त ? प्रसन्न भएर त नुहाएर जान...

साथीहरू

  साथीहरु हुनु भनेको खुसीको धागोमा जिन्दगी उनिनु हो । जब   म बच्चा थिएँ ,कति धेरै बच्चा साथीहरू थिए खेल्न र रमाइलो बाहेक केही चाहिदैन थियो उकालो ओरालो सँगै चिप्लिदै यात्रा गरिन्थ्यो हावा जस्तो हलुका र फुर्तिलो ज्यान कति धेरै कुदाइन्थ्यो। साय बित्यो उमेर बढ्यो साथीहरू पातलिदैँ गए,समयले धक्का मारेर कोशौ टाढा पुर्याएर जिन्दगीलाई विश्राम गराइदियो जिम्मेवारीले हामीलाई थला राख्दियो । एउटा कसिलो साङलोले बाधेर जीवन तटस्थ बनाइदियो । सायद ! हुनसक्छ मेरा साथीहरू आफ्नो जिम्मेवारीको गहौँ भारी बोकेर जिन्दगीको सुख दुःखको यात्रामा छन् मुटु फुट्ने गरी सम्झना आउँछ । आजकाल धेरैभन्दा धेरै विगत सम्झिन मन लाग्छ । आजभोलि एक्लै टुहुरो कोठामा छु । एउटा डायरीमा कलम चलाइरहेको छु । जहाँ भावानाहरू छरिएका छन् । विगतका थुप्रै कहानीहरू चलमलाईरहेका छन् । हरेका दिन सम्झिन्छु रात सुरू हुँदै गर्दा छटपटाउछु । रातको मध्यभागमा पुगेर सेलाउछु !चिसो हुन्छु ! र जम्छु ।

सहर

Image
  सहरमा बस्ने मान्छे कति राम्रा भएर हिड्छन् !समय फेसन र मौसम अनुसारको कपडा लाउछन । विविध कुराले पोतिएर मघमघ बास्ना आउने भएर हिड्छन् !मान्छेहरू वास्तविकता भन्दा धेरै टाढा भएर हिड्न बाध्य छन् किनकी यो समाज यहा मान्छे जस्तो देखिन गर्ने पर्ने बाध्यता हो । बेलुका आफ्नो कोठामा जान्छन् त्यहा वास्तविक जीवन देख्छन् अर्काको घर,त्यो घर भित्र ग्यास चुलो सहितको एउटा किचन, आधा बोरा चामल केहि थान भाडाँकुडा ,एक दुई वटा खाट, खाटमा डसना   तन्ना र सहितको ओडने, भुइँमा फाटेको कार्पेट अनि झ्याल ढोकामा मैलो पर्दा ,एक दुई जोर कपडा सहितको थोत्रो दराज,बाटामा खाना खाएर   राखेको जुठो भाडा   बेवारिसे त्यो कोठा । ढोका खोलेर हेर्दा नाङ्गो आखाले देखिने यो दृश्यले एक पटक मुटु भक्कानिन्छ   कोहि रून्छन् कतिले बा-आमा सहितको गाउँ सम्झिन्छन् आफुलाई धिर्काछन् आफू बाच्नु बेकार ठान्छन् अनि फेरि भोलि राम्रो हुने विश्वास,आफ्नो मनको रहर घर परिवारको माया र जिम्मेवारी,बाउ-आमाको दुख यी सबै कुराले पलपल मारेर जिउदै राख्ने गर्छ यो सहरले ।