सहर
सहरमा बस्ने मान्छे कति राम्रा भएर
हिड्छन् !समय फेसन र मौसम अनुसारको कपडा लाउछन । विविध कुराले पोतिएर मघमघ बास्ना
आउने भएर हिड्छन् !मान्छेहरू वास्तविकता भन्दा धेरै टाढा भएर हिड्न बाध्य छन्
किनकी यो समाज यहा मान्छे जस्तो देखिन गर्ने पर्ने बाध्यता हो ।
बेलुका आफ्नो कोठामा जान्छन् त्यहा
वास्तविक जीवन देख्छन् अर्काको घर,त्यो घर भित्र ग्यास चुलो सहितको एउटा किचन, आधा
बोरा चामल केहि थान भाडाँकुडा ,एक दुई वटा खाट, खाटमा डसना तन्ना र सहितको ओडने, भुइँमा फाटेको कार्पेट
अनि झ्याल ढोकामा मैलो पर्दा ,एक दुई जोर कपडा सहितको थोत्रो दराज,बाटामा खाना
खाएर राखेको जुठो भाडा बेवारिसे त्यो कोठा ।
ढोका खोलेर हेर्दा नाङ्गो आखाले
देखिने यो दृश्यले एक पटक मुटु भक्कानिन्छ
कोहि रून्छन् कतिले बा-आमा सहितको गाउँ सम्झिन्छन् आफुलाई धिर्काछन् आफू
बाच्नु बेकार ठान्छन् अनि फेरि भोलि राम्रो हुने विश्वास,आफ्नो मनको रहर घर
परिवारको माया र जिम्मेवारी,बाउ-आमाको दुख यी सबै कुराले पलपल मारेर जिउदै राख्ने
गर्छ यो सहरले ।

Comments
Post a Comment