आफु भलो त जगत भलो
मन्दिर जाँदा धर्म हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन ।मैले बुझेको कुरा म सच्चा छु ,मेरो मन सफा छ र मैले सक्ने सहयोग गरिरहेको छु जसलाई आवश्यकता छ । हैन भनेसी मैले जानेर कुनै पाप गरेको छैन कुनै अपराध गरेको छैन भन्देखि म मन्दिर गइराख्नु पर्दैन । त्यो भगवानले मलाई मन्दिर बोलाउदैन क्या !!! त्यो भगवान मै संग हुन्छ ।त्यो भगवानले मलाइ आर्शिरवाद दिइराखेको हुन्छ ।किन भन्देखि जब मनमा इमानदारिता र सच्चा पन आयो भने त्यो मान्छे कहि गइराख्नुपर्दैन । त्यो जहाँ बस्छ जहाँ हुन्छ त्यही नै इश्वरको बास हुन्छ भगवानको बास हुन्छ । म मन्दिर बढि नजानुको कारण त्यो हो क्या । म खासै मन्दिर जान्न ।मलाई कति बेला भन्नुहुन्छ नुहाएर रै जानुपर्ने अथवा भनौ भोको पेटमा जानुपर्ने यो कुरा पनि म मान्दिन । किन मान्दिन मन्दा जब नुहाउदा खेरी गारो महसुस भैराको छ भने त्यो भगवानको दर्शन गर्न जाँदाखेरि के आर्शिरबाद पाइयो त ? प्रसन्न भएर त नुहाएर जान...