साथीहरू

 

साथीहरु हुनु भनेको खुसीको धागोमा जिन्दगी उनिनु हो । जब  म बच्चा थिएँ ,कति धेरै बच्चा साथीहरू थिए खेल्न र रमाइलो बाहेक केही चाहिदैन थियो उकालो ओरालो सँगै चिप्लिदै यात्रा गरिन्थ्यो हावा जस्तो हलुका र फुर्तिलो ज्यान कति धेरै कुदाइन्थ्यो।

साय बित्यो उमेर बढ्यो साथीहरू पातलिदैँ गए,समयले धक्का मारेर कोशौ टाढा पुर्याएर जिन्दगीलाई विश्राम गराइदियो जिम्मेवारीले हामीलाई थला राख्दियो । एउटा कसिलो साङलोले बाधेर जीवन तटस्थ बनाइदियो ।

सायद ! हुनसक्छ मेरा साथीहरू आफ्नो जिम्मेवारीको गहौँ भारी बोकेर जिन्दगीको सुख दुःखको यात्रामा छन् मुटु फुट्ने गरी सम्झना आउँछ । आजकाल धेरैभन्दा धेरै विगत सम्झिन मन लाग्छ ।

आजभोलि एक्लै टुहुरो कोठामा छु । एउटा डायरीमा कलम चलाइरहेको छु । जहाँ भावानाहरू छरिएका छन् । विगतका थुप्रै कहानीहरू चलमलाईरहेका छन् । हरेका दिन सम्झिन्छु रात सुरू हुँदै गर्दा छटपटाउछु । रातको मध्यभागमा पुगेर सेलाउछु !चिसो हुन्छु ! र जम्छु ।

Comments