साथीहरू
साथीहरु हुनु भनेको खुसीको धागोमा
जिन्दगी उनिनु हो । जब म बच्चा थिएँ ,कति
धेरै बच्चा साथीहरू थिए खेल्न र रमाइलो बाहेक केही चाहिदैन थियो उकालो ओरालो सँगै
चिप्लिदै यात्रा गरिन्थ्यो हावा जस्तो हलुका र फुर्तिलो ज्यान कति धेरै
कुदाइन्थ्यो।
साय बित्यो उमेर बढ्यो साथीहरू
पातलिदैँ गए,समयले धक्का मारेर कोशौ टाढा पुर्याएर जिन्दगीलाई विश्राम गराइदियो
जिम्मेवारीले हामीलाई थला राख्दियो । एउटा कसिलो साङलोले बाधेर जीवन तटस्थ
बनाइदियो ।
सायद ! हुनसक्छ मेरा साथीहरू आफ्नो
जिम्मेवारीको गहौँ भारी बोकेर जिन्दगीको सुख दुःखको यात्रामा छन् मुटु फुट्ने गरी
सम्झना आउँछ । आजकाल धेरैभन्दा धेरै विगत सम्झिन मन लाग्छ ।
आजभोलि एक्लै टुहुरो कोठामा छु ।
एउटा डायरीमा कलम चलाइरहेको छु । जहाँ भावानाहरू छरिएका छन् । विगतका थुप्रै
कहानीहरू चलमलाईरहेका छन् । हरेका दिन सम्झिन्छु रात सुरू हुँदै गर्दा छटपटाउछु ।
रातको मध्यभागमा पुगेर सेलाउछु !चिसो हुन्छु ! र जम्छु ।
Comments
Post a Comment