आफु भलो त जगत भलो

 


मन्दिर जाँदा धर्म हुन्छ भन्ने कुरामा  मलाई विश्वास छैन  ।मैले  बुझेको कुरा  म सच्चा छु  ,मेरो मन सफा छ  र मैले सक्ने सहयोग गरिरहेको छु जसलाई आवश्यकता छ । हैन  भनेसी मैले जानेर  कुनै पाप गरेको छैन कुनै अपराध गरेको छैन  भन्देखि  म मन्दिर गइराख्नु पर्दैन । त्यो भगवानले मलाई मन्दिर बोलाउदैन क्या !!! त्यो भगवान मै संग हुन्छ ।त्यो भगवानले मलाइ आर्शिरवाद दिइराखेको हुन्छ ।किन भन्देखि  जब मनमा इमानदारिता र सच्चा पन आयो भने  त्यो मान्छे   कहि गइराख्नुपर्दैन । त्यो जहाँ बस्छ  जहाँ हुन्छ  त्यही नै इश्वरको बास हुन्छ  भगवानको बास हुन्छ । म मन्दिर बढि नजानुको कारण त्यो हो क्या ।  म खासै मन्दिर जान्न ।मलाई कति बेला भन्नुहुन्छ  नुहाएर रै जानुपर्ने  अथवा भनौ भोको पेटमा जानुपर्ने  यो कुरा पनि म मान्दिन । किन  मान्दिन मन्दा जब  नुहाउदा खेरी गारो महसुस  भैराको छ भने  त्यो भगवानको


दर्शन गर्न  जाँदाखेरि के आर्शिरबाद पाइयो त ? प्रसन्न भएर त नुहाएर जान पर्यो नि त , जबरजस्ती करमा त होइन नि  ?  पेट  क्याउ क्याउ कराइराको छ ,भोक लागिरहेको छ , अथवा केही समस्या छ  ,भोली गएर केही ग्यासटिक नै होला  अथवा केही समस्या नै होला , केही खानुपर्ने आवश्यक हो , त्यो नखाइकिन मन्दिर जाँदा के भगवान खुसी हुन्छन होला त ? के जे चाहा गरेको  भगवानले त्यो आर्शिरवाद  दिन्छन् होला त ?

आफु भलो त जगत भलो  भन्याजस्तै आफु खुसी त  अरू खुसी पार्न सकिन्छ ।

Comments